पाल्पा । तानसेनको बडीज्ञानटोलमा जिपको ठक्करबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन–६ बर्तुङ्की ४८ वर्षीया कमला पाण्डे र बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महिनाका निसान बस्याल छन् ।
तानसेनको हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग १ च ६७४८ नम्बरको जिपले आइतबार ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट पाँच जना घाइते बनेका थिए । पाँचमध्ये दुई जनाको मृत्यु भएको हो । तीन जनाको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



