ललितपुरको मेयरमा चिरीबाबुको दोस्रो जित पक्का

काठमाडौँ । ललितपुर महानगरपालिकामा अहिलेसम्म ७९ हजार ८६३ मत गणना सकिएको छ । ८५ हजार ८६१ मत खसेको ललितपुर महानगरपालिकाको प्रमुखमा हालसम्म कांग्रेसका चिरीबाबु महर्जनले ३९ हजार २३२ मत ल्याएर अग्रता कायम गरेका छन् । मेयर उम्मेदवार एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ४९२ मत मात्र ल्याएका छन् ।

उपप्रमुखतर्फ एमालेकी मञ्जली शाक्यले २३ हजार ७३१ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १७ हजार २६३ मत ल्याएका छन् । ललितपुर महानगरपालिकामा अहिले २७ र २८ को मतगणना जारी छ भने २९ को गन्ने तयारी भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री