पाँचखालकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काभ्रेको पाँचखाल नगरपालिकामा न‍ेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका महेश खरेल १२ हजार ८३६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले ८ हजार ११५ मत पाए।

उपमेयरमा भने एमालेकी सूर्यकुमारी दनुवार विजयी भएकी छन् । उनले ९ हजार ५३४ मत पाइन्। उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका चेतप्रसाद गौतमले ९ हजार १० मत पाएका छन्।

पाँचखालमा यसअघि कांग्रेसले नै जित हात पारेकाे थियाे । यहाँकाे उपप्रमुख भने कांग्रेसले गुमाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री