बराहक्षेत्र नगरपालिका मेयरमा काँग्रेस विजयी

काठमाडाैँ । सुनसरीको बराहक्षेत्र नगरपालिका नेपाली कांग्रेसका रमेश कार्की विजयी भएका छन् ।

उनी १९ हजार २९३ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका निलम खनालले १४ हजार १५४ मत पाए ।

उपमेयरमा एमालेकी नन्दकुमारी राई १५ हजार ७६६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमित गौतमले १० हजार ५४४ मत पाए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री