काठमाडौं । सिटिजन बैंकको थप निष्कासन (एफपीओ) आज बाँडफाँड भएको छ । गोलाप्रथाबाट ४६ हजार ३७६ जनाले १० कित्ता दरले एफपीओ पाएका छन् । यस्तै ६ जनालाई ११ कित्ताका दरले परेको छ ।
माग भन्दा १४ गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट एफपीओ बाँडफाँड गरिएको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो ।
तपाईंको प्रतिकृया




