सिटिजन्स बैंकका ग्राहकले र्याडिसन होटलमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक र र्याडिसन होटल काठमाडौंबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पश्चात् बैंकका कार्डबाहकले लाजिम्पाट स्थित र्याडिसन होटल साथै उक्त होटलद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित लाउन्जबाट प्रदान गरिने सेवाहरुमा समेत विशेष छुट पाउने भएका छन्। उक्त सहयोगले बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको वताएकाे छ । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।

याेसँगै मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री