वैशाख ३० गते रोकिएको काभ्रे जिल्लाकाे पाँचखाल नगरपालिका वडा नं. १३ को मतदान कडा सुरक्षावीचमा आज मतदान भइरहेको छ। पाँचखाल नगरपालिका वडा नं १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको हाे।
वैशाख ३० गते विवाद भएपछि रोकिएकाे निर्वाचन आज बिहान ७ बजेबाट सुरु भएको थियाे । स्थगित चुनाव जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।
यसअघि वैशाख ३० गते मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित भएको निर्वाचन जेठ ३ गते गर्ने गरी निर्णय भएको थियो । २ वटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता छन् ।
प्रतिकृया दिनुहॊस