२८२ पालिकाको परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत २८२ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र केही स्वतन्त्रले पालिका अध्यक्ष जितेका छन् ।

पछिल्लो विवरणअनुसार कांग्रेसले १२८, एमालेले ७८, माओवादी केन्द्रले ६१, नेकपा एकीकृत समाजवादीले ४, जसपा ३ र ८ पालिका प्रमुख स्वतन्त्र उम्मेदवारले जितेका छन् । मतगणना जारी रहेको स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले अगाडि छ भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

कांग्रेसले १७७ स्थानमा अग्रता लिएको छ भने एमालेले ११५ स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले ५४, नेकपा एकीकृत समाजवादीले १७, जसपाले ३०, लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा अग्रता बनाएका छन् । अन्य २३ ठाउँमा अगाडि छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्रक र कन्टेनरबाट ८६ लाख बढीका सामान बरामद

काठमाडौं । सर्लाही प्रहरीले कर्मैयास्थित बागमती चेकपोष्टबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइएका सामानसहित ट्रक र …

प्रतिकृया दिनुहॊस