कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका – १ लम्की रहेको देउती गुट्खा उद्योगमा बम विष्फोट भएको छ । विहान ४ बजेर तिर देउती गुट्खा उद्योगको गेट नजिकै बाहिर बम विष्फोट भएको हो ।
विष्फोटका कारण उद्योगको पर्खाल र छानामा क्षती भएको प्रहरीले जनाएको छ ।बम किन र कसले विष्फोट गराएको भन्ने बारेमा अनुसन्धान भईरहेको छ । सोहि उद्योगमा अज्ञात समुहले साउन २ गते समेत २ वटा बम राखेको भेटिएको थियो ।
तपाईंको प्रतिकृया




