संवेदनशील मतदानस्थलमा तालिमप्राप्त कुकुरबाट निरीक्षण

स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिरहाका विभिन्न मतदानस्थलहरूको निरीक्षण गरिएको छ। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट ल्याइएको तालिमप्राप्त कुकुरसहित सम्बन्धित इलाकामा पर्ने प्रहरी युनिट इन्चार्जलगायतको टोलीले संवेदनशील मानिएका मतदानस्थल निरीक्षण गरेको हो।

जिल्लाको मिर्चैया, गोलबजार, धनगढी, कसाहा र लहानका अतिसंवेदनशील मतदानस्थलको निरीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरीका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मानेका एक सय ७० मध्ये बिहीबार दिनभर हरेक स्थानीय तहमा एउटा पर्ने गरि नमुनाका रूपमा मतदानस्थल निरीक्षण गरिनेछ ।

जिल्ला सुरक्षा समितिले विगतमा निर्वाचन बिथोलिएका, झडप भएका र अन्य भूमिगत समूहका सुरक्षा थ्रेट रहेका मतदानस्थलहरूलाई अतिसंवेदनशील मतदानस्थलको रूपमा सूचीकृत गरी सुरक्षाकर्मी परिचालन गरेको उनले बताए।

स्थानीय तह निर्वाचनका लागि जिल्लामा २२१ मतदानस्थलअन्तर्गत ४९८ मतदान केन्द्र तोकिएको छ। जसमा अतिसंवेदनशील एक सय ७०, संवेदनशील ४६ र पाँचवटा मतदानस्थल सामान्य सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सिरहाको आठ नगरपालिका र नौ गाउँपालिका गरि १७ स्थानीय तहमा २ लाख १९ हजार पाँच सय ६४ पुरुष, एक लाख ९४ हजार ६ सय महिला र दुई तेस्रोलिंगी गरि चार लाख १४ हजार १६६ मतदाता रहेका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस