काठमाडौं । एनआईसी एशिया बैंकले गुल्मीको गुल्मीदरबार गाउँपालिकाको ठूलो पोखरामा १७ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले खुमलाल अर्याललाई नियुक्त गरेको बैंकले जनाएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने छन् ।
बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।
यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, टेलिफोन, मोबाईल, एडिएसएल, डिस होमको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमा भित्र रहि कर्जा कारोबार, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सकिने छ ।




