नबिल बैंक र पेमेन्ट नेपालबीच साझेदारी

काठमाडौं । नबिल बैंकले रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेसको स्वीकृति प्रदान गर्न पेमेन्ट नेपालसँग साझेदारी गरेको छ । युपिआइ अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाको लागी भारतको राष्ट्रिय भुक्तानी निगमबाट विकसित एक रियल टाइम भुक्तानी प्रणाली हो ।

याे साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र व्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्ने लाखौं नेपाली र भारतीयहरूलाई दुवै देशका पसल र व्यापारी पसलहरूमा युपिआइ आधारित मोबाइल अनुप्रयोगहरू प्रयोग गरेर निर्वाध रूपमा आफ्नो खरिदहरूको भुक्तानी गर्न सक्षम बनाउने कम्पनीले जनाएकाे छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले साे साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो साझेदारीले नबिल बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई भारतका व्यापारी स्टोरहरूमा सुरक्षित र निर्वाध भुक्तानीहरु गर्न सक्नेछन् । याेसँगै नबिल युपिआई क्युआरसँग सम्बद्ध र सक्षम भएका व्यापारीहरूले फोनपे, गुगल पे, र पेटीएम लगायत युपिआइ आधारित मोबाइल एपहरू प्रयोग गरेर भारतीय पर्यटकहरूबाट भुक्तानीहरू स्वीकार गर्न सक्ने जारी विज्ञप्तीमा उल्लेख छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस