पैसा नभएको बैंकको चेक काट्ने टोखाका खड्की पक्राउ

काठमाडौं । पैसा नभएको प्रभु बैंकको चेक काट्ने रामराज खड्गी पक्राउ परेका छन् । टोखा नगरपालिका  मा बस्ने २७ वर्षिय खड्गीलाई प्रहरीले पक्राउ गरेको हो । पर्याप्त मौज्दात रकम नभएको बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै खड्गीलाई उच्च अदालत पाटनले गत चैत २५ गते बैंकिङ कसुरको सजाय तोकेको थियो ।

उनीलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ३ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो तर उनी फरार भएका थिए । यससँगै उनले अब १० लाख रुपैयाँ जरिवाना तिर्नपर्नेछ र भने उसलाई ३ दिन जेलमा राखिने भएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री