शेयर बजारः १७ दशमलव ९५ अंकले बढ्याे नेप्से

आइतबार (आज) शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। केही दिनदेखि निरन्तर ओरालो लागेको बजार आज सकारात्मक देखिएको हो । शुक्रबार ३७ दशमलव शून्य ६ अंकले घटेको बजार आज भने १७ दशमलव ९५ अंकले बढेर २ हजार २५६ दशमलव ५७ विन्दुमा पुगेको छ।

आइतबार २३३ वटा धितोपत्रको ३३ लाख ४१ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आइतबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी फाइनान्स समूहको ३ दशमलव ३५ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज पनि जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा नागरिक लगानी कोषको ७ करोड ५३ लाख ५९ हजार ४५५ रुपैयाँ बराबरकोे शेयर खरिद बिक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस