जनकनन्दनी गाउँपालिका अध्यक्ष शेखको निधन

काठमाडाैँ । धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको ७० वर्षको उमेरमा निधन भएको छ । अध्यक्ष शेखको शनिबार साँझ आफ्नै घरमा निधन भएको हाे ।

फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचार गराइरहेका उनलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरी समेत भएको थियो । तर सुगर हाई भएकाले शल्यक्रिया हुन नसकेको गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भारती कार्कीले बताइन् । बिरामी शेख शनिबार साँझसम्म पनि बैठकमा व्यस्त थिए ।

शेख नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अहिलेको स्थानीय तह निर्वाचनमा अन्य जनप्रतिनिधिले पुनः चुनाव लड्न राजीनामा दिए पनि उनले राजीनामा दिएका थिएनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई सिधै भद्रकाली लगियो, शुक्रबारबाटै बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको …

प्रतिकृया दिनुहॊस