उपत्यकामा बदली, यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भू-भागमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले बताएका छन् ।

अहिले प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, मधेस प्रदेश, वागमती, गणडकीका केही स्थानहरूमा एवं लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका अरू भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । प्रदेश-१, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको …

प्रतिकृया दिनुहॊस