ओम्याक्स सिनेमा हलमा आगलागी

काठमाडौं । बुधबार बिहान  मकवानपुरको  एउटा सिनेमा हलमा आगलागी भएको छ ।  हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित ओक्याक्स सिनेमा हलमा विजुलीकाे तार सट भएर अागलागी भएकाे जिल्ला प्रहरी कार्यालषय मकवानपुरले जनाएकाे छ  ।

आगो नियन्त्रणका लागी अहिले स्थानीय बासिन्दा र प्रहरीले प्रयास गरिरहेका छन् । बिहानैदेखि आगलागी भए पनि अझै नियन्त्रणमा आउन सकेको छैन । आगो ठूलो भएकोले निभाउनको लागि बाराको सिमराबाट दमकल ल्याइँदै छ । क्षतिको विवरण आइसकेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री