कांग्रेसले गठन गर्याे निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय

नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय’ गठन गरेका छन्।

उनले मंगलबार पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोलाको संयोजकत्वमा सचिवालय गठन गरेका पार्टी कार्यालयले जनाएको छ। सचिवालय सदस्यमा डा सुरेश आचार्य, डा प्रभु बुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजा शर्मा वाग्ले रहेका छन्।

सचिवालयले समिति र उपसमितिहरुले गरेका निर्णयको कार्यान्वयन, पार्टीका विभिन्न साङ्गठनिक संरचनाहरुले निर्वाचनमा पार्टीको विजय अभियानलाई सफल बनाउन गरिरहेका कामको जानकारी लिने र संयोजकको परामर्शमा समन्वय र संयोजनसहित आवश्यक कार्य गर्नेछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ

काठमाडौं । पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भनिएका दुई जना आरोपितलाई पक्राउ …

प्रतिकृया दिनुहॊस