एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा तनहुँको जामुने बजारमा

काठमाडौं । एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा तनहुँको जामुने बजारमा आफ्नो सोह्रौं शाखारहित बैंकिङ्ग सेवासंचालनमा ल्याएको छ ।

बैंकले म्याग्दे गाउँपालिकाको जामुने बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका उपाध्यक्षसुक नारायण मल्लज्यूको उपस्थितिमा सम्पन्न गरे।उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले  रोविन श्रेष्ठलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोवारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोवारको विकास हुने विश्वास बैंकले लिएको छ ।

बैंकले २३५ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

बैंकको वासलातको आकार रु १७६ अर्ब भन्दा बढि पुगेको छ । बैंकको कुल कर्जा करिब रु. १२० अर्ब र कुल निक्षेप करिब रु. १४९ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकहरुको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री