भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का नेपाली काँग्रेसमा

काठमाडाैं । अभिनेता भुवन केसी, रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अभिनेता केसी, खड्का र अभिनेत्री खड्कालाई काँग्रेसमा स्वागत गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएको हुन् ।

यसअघि भुवन स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवार बन्ने चर्चा थियो । राप्रपा जाने हल्ला पनि चलेको थियो । भुवन, श्वेता र रविन्द्र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको पहलमा कांग्रेस प्रवेश गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खेल्दाखेल्दै खाल्टोमा खसेर २ किशोरीको मृत्यु, एक बेपत्ता

काठमाडौं । कञ्चनपुरमा खाल्टोमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । …

प्रतिकृया दिनुहॊस