डिशहोमका यी ग्राहकले जिते एक लाख

काठमाडौँ । डिशहोमका एक ग्राहकले नगद १ लाख रुपैयाँ जितेका छन् । कम्पनीको डीटीएच सेवाका ग्राहकले लक्की ड्रमार्फत १ लाख रुपैयाँ जितेका हुन् ।

डिशहोमले १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने र हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने अवसर दिएको थियो ।

यसै योजनाअन्तर्गत वैशाख १९ गते गरिएको लक्की ड्रमा क्रमशः क्यास आईडी ०२५६४०३३७७५ भएका ग्राहकले १ लाख जित्न सफल भएको कम्पनीले जनाएको छ ।

डिशहोमका ग्राहकले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलर दाइकहाँ गएर डिशहोमको फण्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस