सुन तोलामा एक हजारले घट्यो

काठमाडौँ । मंगलबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा एक हजारले घटेको छ ।

मंगलबार सुनको मूल्य तोलाको ९७ हजार दुई रुपैयाँ कायम भएको छ । यस अघि सोमबार सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन तोलाको ८ सय र आइतबार १२ सयले घटेको थियो ।

मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै मंगलबार भने चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलाको १२९० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री