४८ दशमलव ७३ अङ्कले घट्याे नेप्से

साेमबार शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज ४८ दशमलव ७३ अङ्कले घटेर दुई हजार ३०७ दशमलव ४४ बिन्दुमा झरेको छ।

सबै समूहको शेयर आज ओरालो लागेको छ। नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। २२६ वटा धिताेपत्रका ३९ लाख ७८ हजार कित्ता शेयर एक अर्ब ४२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन्।

सबैभन्दा धेरै अरूण भ्यालीकाे ४ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भएको छ। आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

उखुको समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बैठकले …

प्रतिकृया दिनुहॊस