नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले ओलीले पुरातनपन्थी र भ्रष्टाचारीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाएका हुन्। उनले विकासको नाममा नेकपा एमालेका कार्यकर्ताहरुले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, आफैँ ठेकदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको आरोप लगाए ।
उनले नेकपा एमालेले विकासका योजनाहरु अलपत्र बनाएको पनि बताए । वरिष्ठ नेता पौडेलले नेकपा एमालेले बारम्बार संसदमाथि हमला गरेर जनताको अधिकारमाथि हमला गरेको बताए । उनले नेपाली कांग्रेसले ओली प्रवृत्तिसँग सामना गर्नका लागि परिवर्तनका पक्षधर, संविधानका पक्षधर र नेपालमा लोकतन्त्रका पक्षधरहरुलाई एक ठाउँमा राखेर गठबन्धन गरेको बताए।
तपाईंको प्रतिकृया




