काठमाडौँ । एनआईसी एशिया बैंकले धादिङको गजुरी र गल्छीमा आफनो थप नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकको धादिङको गजुरी शाखाको उद्घाटन गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले उद्घाटन गरेका छन् । त्यस्तै, गल्छी गाँउपालिका वडा नं ७मा स्थापित शाखाको उद्घाटन गल्छी गाँउपालिकाका अध्यक्ष कृष्ण हरी श्रेष्ठले गरेका छन् ।
यससँगै एनआईसी एशिया बैंकको शाखा संख्या २३४ पुगेको छ । यसबाहेक, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
बैंकको वासलातको आकार रू. १७४ अर्ब भन्दा बढि पुगेको छ । कुल निक्षेप करिब रू. १४९अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक बनेको एनआईसी एशिया बैंकले कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाएको छ ।




