काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीभित्रका गतिविधि र महासमिति बैठकबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार अपरान्ह ३ बजे हुने भएको छ । अहिले सरकारको कामका विरुद्ध आक्रामक भएको काँग्रेसले सरकारविरुद्धको रणनीति बनाउने विषयमा यस बैठकमा छलफल हुने बताइएको छ।
तपाईंको प्रतिकृया




