नबिल बैंकको १४ नयाँ शाखा उद्घाटन

नबिल बैंकले आज (बिहीवार) १४ वटा नयाँ शाखा उद्घाटन गरेको छ । धुम्बाराही मालीगाउँ काठमाडाैं, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको हो ।

उपरोक्त शाखा कार्यालयमा आज आयोजित उद्घाटन कार्यक्रम/समारोहका बिच प्रमुख अतिथि नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र काठमाडौं महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश डङ्गोलले संयुक्त रुपमा धुम्बाराही मालीगाउँ शाखा, बैंक संचालक श्रीमती आशा राणा अधिकारी र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले संयुक्तरुपमा गुसिंगाल शाखा, बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले संयुक्तरुपमा थलि डाँछी शाखा, बैंक संचालक अनन्त पौड्याल र महालक्ष्मी नगरपालिका ललितपुरका मेयर (नगर प्रमुख) रामेश्वर श्रेष्ठले संयुक्त रुपमा इमाडोल शाखा, तथा बैंकका सञ्चालक प्रविन टिबडेवाला र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीप्रसाद चापागार्इँले संयुक्तरुपमा दुवाकोट शाखाको उद्घाटन गरे ।

यसैगरी नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले संयुक्तरुपमा दहचोक शाखा, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी र नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक रंजना पौडेल पण्डीतले संयुक्त रुपमा मुर्गिया र खैरेनी शाखा, नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोजकुमार ज्ञवाली र हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्राचार्य पुरनबहादुर जोशीले संयुक्तरुपमा चिसापानी शाखा, नबिल बैंकका प्रादेशिक प्रमुख–प्रदेश १ सुबोध लोहनी र नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका निर्देशक मीना पाण्डेले संयुक्त रुपमा उदघाटन गरे ।

पुष्पलाल चोक शाखा, नबिल बैंकका प्रमुख संचालन अधिकृत गणेशप्रसाद अवस्थी र नेपाल राष्ट्र बैंक, वीरगन्ज कार्यालयका निर्देशक राजनदेव भट्टराईले संयुक्तरुपमा जीतपुर शाखा, नबिल बैंकका प्रमुख व्यापार अधिकृत ज्ञानेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालयका निर्देशक नीरा ताल्चाभडेलले संयुक्तरुपमा महेन्द्रनगर र ढल्केबर शाखा, तथा नबिल बैंकका अन्तराष्ट्र्यि व्यापार तथा रणनीतिक विस्तार प्रमुख आर्दश बजगाइँ र रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले संयुक्तरुपमा झुम्का शाखा कार्यालयको उद्घाटन गरे ।

विगत ३७ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरुलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्नेछ ।

मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ती देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ । बिहीबार उद्घाटन भएका १४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४८ पुगेको छ । बैंकले १८८ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दै आईरहेको छ। नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध छ।

देशकै अग्रणी तथा आम लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल यस नबिल बैंकले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैकिङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिवद्धता गरेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकको सहकार्यमा आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम, बिद्यार्थीलाई बीमा पनि

काठमाडाैं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक …

प्रतिकृया दिनुहॊस