दहचोकमा नबिल बैंकको शाखा विस्तार

पछिल्लो समय तीब्र शहरीकरण तथा वित्तीय गतिविधि वृद्धि भइरहेको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ । यो सँगै बैँकको शाखा १४८ तथा एटिएम सेवा १८७ पुगेको छ । विसं २०४१ असार १२ गते स्थापना भएको सो बैँकले यस वर्ष १५४ शाखा पुर्याउने लक्ष्य राखेको छ ।

चन्द्रागिरी नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेल र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रममा शाखा शुभारम्भ गर्नुभयो ।

समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले स्थानीय समुदायका घर दैलोमा नै बैँकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन शाखा विस्तार गरिएको जानकारी दिनुभयो ।

गत वर्ष युनाइटेड फाइनन्सलाई समाहित गरेको बैंकले एनबी बैंक मर्ज गरी थप सेवा दिने तयारी गरेको जनाइएको छ । चन्द्रागिरिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले ३६ हजार घरधुरी र एक लाख ३५ हजार जनसङ्ख्या रहेको नगरमा वित्तीय क्षेत्रको माग बढ्दो क्रममा रहेको बताउनुभयो ।

बैंकका नायब महाप्रबन्धक कृष्णदत्त भट्टराईले मुलुकमा आधुनिक बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता महसुस गरेर स्थापना भएको नबिल बैंक जनताको विश्वासिलो बैंकका रूपमा रहेको दाबि गर्नुभयो ।

कार्यक्रममा बैँकका दहचोक शाखा प्रमुख आश्विन श्रेष्ठले बैँकले सरल र सहज रुपमा सम्पूर्ण बैँकिङ सेवा उपलब्ध गराउने जानकारी दिनुभयो । यसैगरी कलङ्की शाखा प्रमुख राजदीप उप्रेतीले सबै वित्तीय सुविधा प्रदान गर्ने गरी बैँकको दहचोक शाखा विस्तार गरिएको बताउनुभयो । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम गिरीको उपस्थिति रहेको थियो ।

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेपालले ‘बीबी माइनस’ रेटिङ प्राप्त गर्दा सिबिफिन उत्साहित

काठमाडौं । अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ले गरेको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले ‘बीबी माइनस’ रेटिङ पाउनु सन्तोषजनक नतिजा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले जनाएको छ । यसबाट अत्यन्तै गर्वान्वित एवं उत्साहित भएको उल्लेख गर्दै सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता राजेश उपाध्यायले दक्षिण एसियाका अन्य मुलुकहरुमध्ये छिमेकी भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्याङ्कनको प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाएको उल्लेख गरेको हो ।

प्रतिकृया दिनुहॊस