चितवनमा लागेको आगो नियन्त्रण, ६ वटा पसल जले

काठमाडाैं । चितवनको भरतपुर महानगरपालिका-३ कमल नगरमा भएको आगलागीमा ६ वटा पसल जलेर नष्ट भएका छन् । तुलसीराम सापकोटाको चार तले घरमा आगलागी हुँदा घरमा रहेका ६ वटा पसलका सामानहरू जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरि अधिकारीले जानकारी दिए ।

बिहान २ बजेतिर आगलागी भएको सूचना पाएपछि आगो निभाउन खटिएकोमा बिहान सात बजे मात्र नियन्त्रणमा लिन सफल भएको डिएसपी अधिकारीले बताए । आगो निभाउन चार वटा दमकलको सहयोग लिइएको थियो ।

आगलागीमा परेर वसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, वासुदेव आचार्यको फेन्सी पसल, सूर्यमणि लामिछानेको दियालो फेन्सी पसल र विष्णु आचार्यको दुर्गा इलेकट्रोनिक पसलमा क्षति पुगेको छ । क्षतिको विवरण आउन बाँकी रहेको डीएसपी अधिकारीले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री ओली आउँदा विमानस्थलका अन्य उडान बन्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किन लागेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि …

प्रतिकृया दिनुहॊस