शेयर बजार : ५ दशमलव १७ अंकले बढ्यो नेप्से

बुधबार (आज) शेयर बजारमा सामान्य सुधार आएको छ। मंगलबार १५ दशमलव शून्य २ अंकले घटेको बजार आज ५ दशमलव १७ अंकले बढेर २ हजार ३७६ दशमलव १७ विन्दुमा पुगेको छ।

बुधबार २२८ वटा धितोपत्रको २८ लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ८ करोड ९९ लाख ९२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

बुधबार १३ वटा समूहमध्ये ९ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी बिकास बैँक समूहको १ दशमलव ८२ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज पनि जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावरको ५ करोड २१ लाख १३ हजार ३३२ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस