साताको दुई दिन बिदा दिने सरकारकाे निर्णय

सरकारले जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ। जेठ १ गतेबाट सरकारी कार्यालयहरु शनिबार र आइतबार दुई दिन बिदा हुने भएका हुन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परीक्षणका रुपमा जेठ १ गतेबाट साताको दुई दिन बिदा दिने निर्णय भएको बताए । सोमबारदेखि शुक्रबारसम्म बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय निर्धारण गरिएको छ।

इन्धन खपत घटाउन भन्दै सरोकारवालाले लामो समयदेखि सातामा दुई दिन बिदा दिन र सवारी संचालनमा जोरविजोर प्रणाली लागू गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीले पैसा खाई दिएको भन्दै प्रहरीमा ५३ सय उजुरी, ११ अर्ब ६६ करोड मागदाबी

काठमाडौं । नेपाल प्रहरीले सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको जनाएको छ । …

प्रतिकृया दिनुहॊस