पश्चिमी वायुकाे प्रभावले केही क्षेत्रमा वर्षाकाे सम्भावना

पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। बुधबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ।

दिउँसो गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेशमा आंशिक बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाकाे छ। प्रदेश १ का पहाडी भूभागका केही स्थान र गण्डकी, बागमती र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ।

राति प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएकाे छ। महाशाखाका अनुसार बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले बुलेटिनमा उल्लेख गरेकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस