शेयर बजार : नेप्सेमा आज ३४ दशमलव ९५ अंककाे गिरावट

सोमबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। साताको पहिलो दिन आइतबार ९५ दशमलव ४६ अंकले बढेको बजारमा आज ३४ दशमलव ९५ अंकले गिरावट आएर २ हजार ३८६ दशमलव शून्य १ विन्दुमा झरेको हो।

सोमबार २३९ वटा धितोपत्रको ५० लाख ४७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ४ करोड २२ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सोमबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी अन्य समूहको २ दशमलव २६ प्रतिशतले घटेको हो।

त्यस्तै, आज जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावरको ८ करोड ११ लाख ९१ हजार ८२४ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एनवाईईएफ काठमाडौँद्वारा उत्कृष्ट काम गरिरहेका उद्यमी विद्यार्थी सम्मानित

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ३० वर्ष मुनिका ५ उद्यमी विद्यार्थीहरूलाई …

प्रतिकृया दिनुहॊस