काठमाडौं महानगरकाे प्रमुखमा कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने

काठमाडौँ महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखमा कांग्रेसकी सिर्जना सिंह र उपप्रमुखमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले टिकट पाएका छन्।

कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।

कांग्रेसले काठमाडौंका ८ वटा नगरपालिकामा पनि मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ। कीर्तिपुर र टोखाबाहेक अन्य नगरपालिकामा उम्मेदवार टुंगो लागेको हो।

सत्ता गठबन्धन हुँदाको अवस्थामा कागेश्वरी मनहरा नेकपा एसले पाउने भए पनि कांग्रेसले यसअघि पराजित उपेन्द्र कार्कीलाई नै अघि सारेको छ।

त्यस्तै चन्द्रागिरी, नागार्जुन, दक्षिणकालीका मेयर दोहोरिएका छन्। कागेश्वरीमा कांग्रेसले उपमेयर पद भने खाली राखेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री