नेपाली कांग्रेसले गरेको गठबन्धनको विरोध गर्दै पोखरा महानगरमा बागी उम्मेद्वारी परेको छ। पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै पोखरा १४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन्।
केन्द्रीय नेतृत्वले गरेको गलत कदमको विरुद्ध आफूले उम्मेद्वारी दर्ता गरेको कार्कीले बताए ।
कार्कीले पार्टीभित्र विद्रोहका लागि अघि बढेको बताए । ‘मिलेर पद लिने हो भने ६० अर्ब चुनावी खर्च किन गर्नुपर्यो ? मिलेर पद बाँड्दा भैगो त,’ उनले भने, ‘दलीय व्यवस्थामा दलीय प्रतिस्पर्धा हुनुपर्छ। मिलेर जाने होइन । यस्तो संसारमै भएको छैन ।’
तपाईंको प्रतिकृया




