एनएमबि बैंकद्वारा प्रदेश स्तरिय ‘कृषि कर्जा योजना’काे घोषणा

एनएमबि बैंकले प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’को घोषणा गरेको छ। यो योजना बैंशाख २ देखि असार ३२ सम्म लागू हुनेछ।

बैंकले प्रदेश १ का लागि पाथिभारा ब्यवसायिक कृषि कर्जा, मधेश प्रदेशका लागि मधेश ब्यवसायिक कृषि कर्जा, वागमती प्रदेशको लागि स्मार्ट कृषि कर्जा, गण्डकी प्रदेशका लागि गण्डकी ब्यवसायिक कृषि कर्जा, लुम्बिनी प्रदेशका लागि बुद्धभूमि ब्यवसायिक कृषि कर्जा, कर्णाली प्रदेशका लागि कर्णाली ब्यवसायिक कृषि कर्जा र सुदूर पश्चिम प्रदेशको लागि सुदूर पश्चिम ब्यवसायिक कृषि कर्जा योजना ल्याएको छ।

यस कर्जा योजना अन्तर्गत बैंकले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले सहज प्रक्रिया, सहुलियत ब्याजदर, प्रशाशनिक शुल्कमा सहुलियत, डेविट कार्डमा सहुलियत, वीमा तथा क्रेडिट कार्ड सुविधा जस्ता आकर्षण थपेको छ।

ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यको रूपमा, एनएमबि बैंकले कृषि फाईनान्सिङलाई प्राथमिकता दिँदै आइरहेको छ र यो दिगो व्यवसायका लागि बैंकको रणनीतिक स्तम्भहरू मध्ये एक हो । दीर्घकालीन रणनीतिक उद्देश्य अनुरूप कृषिलाई केन्द्रमा राखी बैंकले समय समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आइरहेको जानकारी गराएको छ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो।

एनएमबि बैंकले हाल २०१ शाखा, १३९ एटीएम, ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन

काठमाडौँ । मर्चेन्ट बैंकर्सको छाता संस्था नेपाल मर्चेन्ट बैंकर्स (एनएमबीए)को नयाँ कार्यसमिति चयन भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after