एमसीसी पारित गरेकोमा नेपालको संघीय संसदप्रति अमेरिकी सांसदहरुद्वारा आभार

नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन्।

नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग शनिबार काठमाडौंको एक होटलमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरुको तर्फबाट प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।

नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नवीकरण ऊर्जा नेपालको विकासका लागि अतिमहत्वपूर्ण स्रोत भएको कुरा आफूहरुले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदहरुको टोलीले राखेको समूहका संयोजक डा. मिनेन्द्र रिजालले जानकारी दिए ।

दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरुले नेपाल भ्रमण गरेका हुन् । टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटगरि द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री