भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

काठमाडौं । आइतबार साँझदेखि  एक बालक अपहरणमा  परे । साेही ‍११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाएपछि अजय तामाङ तथा गोपाल तामाङको मृत्यु भएको  प्रहरीले जनाएकाे छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाकाका अनुसार घटनास्थलबाट एउटा पेस्तोल, दुर्इ राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ । उता अपहरित ११ वर्षीय बालक निशान खड्काको अपहरणकारीले हत्या गरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस