नेपाल निजामती कर्मचारी यूनियन, शहरी विकास तथा भवन निर्माण विभाग, शहरी विकास मन्त्रालय विभागीय कार्य समितिले नयाँ वर्ष २०७९ सालको उपलक्ष्य शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ।
शहरी विकास तथा भवन निर्माण विभाग बबरमहल काठमाडाैंमा विभागीय अध्यक्ष अनिलकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ वर्ष २०७९ सालको पावन अवसरका राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव डम्बर बहादुर बमले गरेका थिए । सोही अवसरमा रिक्त रहेको विभागीय कार्य समिति सदस्यमा तीन जनालाई मनोनित गरिएको छ। मनोनित हुनेमा विशाल चौधरी, रमेशप्रसाद शर्मा र अमित उपाध्याय रहेका छन्।
त्यस्तै कार्यक्रम नेपाल निजामती कर्मचारी यूनियन केन्द्रीय समितिले प्रकाशन गरेको नयाँ वर्ष २०७९ सालको भित्तेपात्रोसमेत विभिन्न आयोजना तथा शाखाहरुमा वितरण गरिएको छ।
प्रतिकृया दिनुहॊस