आज १५ जनामा संक्रमण पुष्टि, ३२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५४७ नमुना परीक्षण गर्दा १५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ३२ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २९८ जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३५ हजार ७२८ रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप