काठमाडौं । सिटिजन्स बैंकले ९ महिनामा १ अर्ब ५९ करोड नाफा गरेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा २ दशमलव ८७ प्रतिशतले नाफा बढेको जानकारी गराएकाे छ । बैंकले अघिल्लो वर्ष चैत मसान्तमा १ अर्ब ५४ करोड नाफा गरेको थियो भने चैत मसान्तसम्ममा १ खर्ब ४६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३६ अर्ब कर्जा दिएको छ । अघिल्लो वर्ष १ खर्ब २८ अर्ब निक्षेप संकलन गरेर १ अर्ब १३ अर्ब कर्जा दिएको छ । बैंकले एकवर्षमा १८ अर्ब निक्षेप बढाएको छ भने कर्जा २३ अर्बले बढाएको छ ।
बैंकले ब्याज आम्दानी मार्फत २ खर्ब ६८ करोड कमाएको छ । अघिल्लो वर्ष २ अर्ब ५४ करोड कमाएको थियो । १ अर्ब रुपैयाँले ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च बढेको तथा ब्याज आम्दानी बाहेक अन्य शिर्षकमा आम्दानी नबढ्दा बैंकको नाफा २ दशमलव ८७ प्रतिशतले मात्र बढेको देखिएको हो ।
बैंकको पुँजीकोष अनुपात १३ दशमलव ६२ प्रतिशत रहेको छ भने खराब कर्जा अनुपात १ दशमलव ७२ प्रतिशत छ । बैंकको लागत अघिल्लो वर्षको भन्दा २ प्रतिशत बिन्दुले बढेको छ त्यस्तै बैंकको कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा बढी रहेकाे छ । चैत मसान्तसम्म बैंकको कर्जा निक्षेप अनुपात ९० दशमलव ६९ प्रतिशत रहेको छ ।




