काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रित प्रदेश डेस्क स्थापना गरेको छ । कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निणर्य अनुसार प्रदेश डेस्क स्थापना गरेका हुन् ।
सातवटै प्रदेश डेक्ससँग केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने गरी देउवाले सहमहामन्त्रीलाई प्रदेश डेक्सको संयोजक तोकेका छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरिएको हो ।
जसमा प्रदेश १ मा सहमहामन्त्री जीवन परियार, मधेश प्रदेशमा सहमहामन्त्री भीष्मराज आङ्दम्वे, बागमती प्रदेशमा सहमहामन्त्री फरमूल्लाह मंसुर, गण्डकी प्रदेशमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, लुम्बिनी प्रदेशमा सहमहामन्त्री महेन्द्र यादव, कर्णाली प्रदेशमा सहमहामन्त्री बद्री पाण्डे र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौरलाई संयोजकको जिम्मेवारी दिइएको छ ।





