आयोगद्वारा निर्वाचनमा भाग लिने दलहरूको चुनाव चिन्ह निर्धारण

देशभरका ७५३ स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरि मतपत्रमा समावेश गरिएको छ। निर्वाचन आयोगकाअनुसार ०७४ सालको प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्याका आधारमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको निर्वाचन चिन्ह निर्धारण गरिएको हो।

उक्त निर्वाचनमा नेकपा (एमाले)लाई ३१ लाख ७३ हजार ४९४, नेपाली कांग्रेसलाई ३१ लाख २८ हजार ३८९, नेकपा (माओवादी केन्द्र)लाई १३ लाख तीन हजार ७२१ र जनता समाजवादी पार्टी नेपाललाई ९ लाख ४२ हजार ४५५ मत प्राप्त भएको थियो ।

विसं २०७४ को प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका र स्थानीय तहको निर्वाचनमा भाग लिन आयोगमा दर्ता भई राष्ट्रिय दलको मान्यता प्राप्त नगरे पनि जिल्लामा क्रियाशील सम्बन्धित दललाई आयोगबाट यसअघि प्रदान गरिएको निर्वाचन चिन्ह नै प्रदान गरिने भएको छ।

त्यस्ता राजनीतिक दलका निर्वाचन चिह्न स्थानीय तहको निर्वाचनका लागि तत् तत् जिल्लाका मतपत्रमा समावेश गर्ने आयोगबाट निर्णय भएको प्रवक्ता शालिग्राम शर्माले बताए।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस