काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जाल प्रचारप्रसार उपसमिति गठन गरेको छ । शुक्रबार बसेको कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिको बैठकले सो निर्णय गरेको हो ।
केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा गठन भएको उपसमितिमा देशभरका सबै जिल्लाबाट सदस्य मनोनयन गरिएको छ । बाजुराबाट ५ जना मनोनीत भएका छन् । उपसमितिमा नेविसंघ बाजुराकाठमाडौँ सम्पर्क समितिका सचिव थुमराज उपाध्यायसहित विद्यार्थी नेताहरू अमृत शाही, जनक थापा, तपेश रावल र लोकेन्द्र मनोनीत भएका हुन् ।
यस्तो छ मनोनयन हुनेहरूको नामसहितको सूची :-

तपाईंको प्रतिकृया




