सीता दाहाललाई भेटेर हेमन्तप्रकाश र धर्मेन्द्रले गरे स्वास्थ्य लाभको कामना

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ ले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

नेताद्वय ओली र बाँस्तोलाले बिहीबार प्रचण्डकै निवास खुमलटार पुगेर उनीसँग छलफल गर्नुका साथै सीता दाहालको स्वास्थ्य अवस्था बुझेका हुन् । नेकपाका नेता बाँस्तोलले भनेका छन्, ‘नयाँ वर्ष २०७९ को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल ।’

त्यस क्रममा लामो समयदेखि बिरामी प्रचण्ड-पत्नी सीता दाहलसँग पनि भेट गरी सुस्वास्थ्यको कामना गरिएको बाँस्तोलाले जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री