गोदावरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैँ । कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

एक दर्जन स्थानीय सडक निर्माण गर्दा गुणस्तरहीन काम गरेको र बढी भुक्तानी दिएको अभियोगमा अख्तियारले गोदावरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु खेमराज विष्टसहित आठ जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

इन्जिनियर पूर्ण कुँवर, सब इन्जिनियर रामचन्द्र भण्डारी, नरेन्द्र शाही र राजेन्द्र भण्डारी, ल्याब टेक्निसियन धनबहादुर विष्ट, देवराज जोशी र निर्माण व्यवसायी डम्बर चन्द विरुद्ध पनि आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

तत्कालीन प्रशासकीय अधिकृत विष्टसँग ३६ लाख ९१ हजार, जोशीसँग ४५ लाख २२ हजार, इन्जिनियर कुँवरसँग ८२ लाख १४ हजार, सब इन्जिनियर शाहीसँग १७ लाख ५६ हजार, भण्डारीसँग २५ लाख १० हजार, राजेन्द्र भण्डारीसँग ३६ लाख ७ हजार, निर्माण व्यवसायी चन्दसँग ७४ लाख ३४ हजार रुपैंयाँ, ल्याब टेक्निसियन विष्टसँग ७४ लाख ४१ हजार ८५५ रूपैंयाँ माग दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री