मुक्तिनाथ विकास बैंक र दराज प्रा.लिबीच सम्झौता

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दराज प्रा.लिसँग एक कार्यक्रमबीच सम्झौता गरेको छ । बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भिषा डेविट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट, प्रमुख–डिजिटल बैंकिङ्ग इकाइ र बैकास्योरेन्स राजेन्द्र पाण्डे, प्रमुख– बजारीकरण प्रवर्द्धन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी, र अन्य कर्मचारीहरुको उपस्थिति तथा दराज प्रा.लि.को तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । बैंकको भिषा डेविट कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान चैत्र २८ को दिनदेखि सिमित समयको लागि डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु १,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्दछ ।

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहकहरुलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

अब भाटभटेनी भवनका छतमा विद्युत् प्लान्ट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । …

प्रतिकृया दिनुहॊस