सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ८ सयले बढेर तोलाको एक लाख ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख एक सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन तोलाको एक लाख ४ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १३८० मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि सोमबार चाँदी तोलाको १३६५ मा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री