श्रीमानको हत्या गरेर प्रहरीलाई जानकारी

काठमाडाैँ । कैलालीमा एक महिलाले धारिलो हतियार प्रयोग गरेर श्रीमानको हत्या गरेकी छन् । जिल्लाको मोहन्याल गाउँपालिका -१ कि राक्साकी ३२ वर्षीया चुमाकुमारी थापा बुढामगरले ४३ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेकी हुन् ।

उनले आइतबार राति १२ बजेतिर धारिलो हतियार प्रयोग गरेर श्रीमानको हत्या गरेपछि इलाका प्रहरी कार्यालय पन्डौनमा आफै जानकारी गराएको प्रहरीले जनाएको छ ।

घटनाबारे मुचुल्का उठाउन र दोषीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल तर्फ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदराज जोशीले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री