कस्तो रहला आजको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज दिउँसो दिउँसो प्रदेश-१, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भेगको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

आज राति प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री